काठमाडौं – चितवनबाट हराएका बालक मकवानपुरमा भेटिएका छन्।
केही बेरअघि उनी मकवानपुरको हडौडा बसपार्कमा फेला परेकोे जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ। उनी त्यहाँ कसरी र किन पुगे भन्नेबारे सोधपुछ भइरहेको प्रहरीले जनाएको छ।
भरतपुर महानगरपालिका– १० एयरपोर्ट पछाडि रहेको ओमशान्ति एकेडेमीमा कक्षा ५ मा अध्ययनरत १३ वर्षीय बालक निकेश बराल विद्यालयबाट घर फर्किने क्रममा हिजोदेखि बेपत्ता भएका थिए।
पोखरा महानगरपालिका–१३ घर भएका बालक बराल गत वर्षदेखि चितवनको गीतानगरस्थित ठूलो बुवाको घरमा बसेर ओम शान्ति एकेडेमीमा पढ्दै आएका थिए।
यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
+1
+1
+1
+1
+1
+1
Views: 71