Aamsanchar

नेपाली बजारमा आज सुनकाे मूल्य

Author Image
आइतवार, फागुन २०, २०८०

काठमाडौं – नेपाली बजारमा आज सुन मूल्य तोलामा २ हजार रुपैयाँ बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो कारोबार दिन तोलाको १ लाख १९ हजार रुपैयाँ रहेको सुन आइतबार १ लाख २१ हजार पुगेको हो।

अन्तर्राष्ट्रिय बजारको कारोबारमा शुक्रबार मूल्य उच्च दरमा बढ्दा आज नेपाली बजारमा प्रभाव परेको महासंघले जनाएको छ।

फागुन ३ गते नेपाली बजारमा सुनको मूल्य तोलामा १ लाख १६ हजार ५ सय रुपैयाँ थियो। त्यस्तै चाँदीको मूल्य पनि आइतबार तोलाको २० रुपैयाँ बढेको छ । अघिल्लो कारोबार दिन तोलाको १ हजार ३९० रुपैयाँ रहेको चाँदी आइतबार १ हजार ४१० रुपैयाँ कायम भएको छ।

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 56

प्रतिक्रिया (०)

सम्बन्धित खबर