Aamsanchar

टि-२० आई सिरिज : फाइनलमा नेपाल र नेदरल्यान्ड्स खेल्ने पक्का

Author Image
आइतवार, फागुन २०, २०८०

काठमाडौं – त्रिकोणात्मक टि-२० आई सिरिजको फाइनलमा नेपाल र नेदरल्यान्ड्स खेल्ने पक्का भएको छ । आइतबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नामिबिया र नेदरल्यान्ड्सबीच जारी लिग चरणको अन्तिम खेल वर्षाका कारण पूरा हुन नसक्दा दुवै टोलीको अंक बाँडिएको हो।

योसँगै नेपाल र नेदरल्यान्ड्सको फाइनल खेल मंगलबार हुने भएको छ। अंक तालिकामा नेदरल्यान्ड्सले चार खेलबाट ५ अंक जोडेर शीर्ष स्थानमा छ भने नेपालको ४ अंक र नामिबियाको ३ अंक मात्र रहेको छ।

लिग चरणमा नेपालले नामिबिया र नेदरल्यान्ड्ससँगको दुई खेल गुमाउँदा पछिल्ला दुई खेलमा जित हासिल गरेको थियो। आइतबार टस जितेर पहिले नेदरल्याण्डसले फिल्डिङ रोजेको थियो। नामिबियाले १५ ओभरमा ४ विकेटको क्षतिमा ९४ रन बनाएपछि बर्षाले खेल रोकिएको हो।

 

रेफ्रीले नामिवियाका कप्तान जेजे स्मिथ र नेदरल्यान्ड्सका कप्तान स्कट एडवार्ड्सलाई बोलाएर म्याच खेल नहुने जानकारी गराएका थिए। वर्षाले रोकिएको खेल सुचारु हुन नसक्दा १र१ अंक बाँडेका हुन्।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 76

प्रतिक्रिया (०)

सम्बन्धित खबर