Aamsanchar

मुस्ताङ र मुक्तिक्षेत्रमा भारी हिमपात

Author Image
आइतवार, फागुन २०, २०८०

जोमसोम – उपल्लो मुस्ताङका दुई पालिकामा आइतबार बिहानैदेखि भारी हिमपात भइरहेको छ। उपल्लो मुस्ताङको लोमान्थाङ र लोघेकर दामोदरकुण्ड गाउँपालिकाका विभिन्न स्थानमा बिहान ३ बजेदेखि निरन्तर रुपमा भारी हिमपात भइरहेको हो।

हिमपातले राष्ट्रिय गौरवको जोमसोम(कोरला राजमार्ग अन्तर्गत वारागुङ मुक्तिक्षेत्र(३ समरदेखि माथि कोरलानाका सम्मको सडक पुरै हिउँले ढाँकिएको छ। उपल्लो मुस्ताङमा भारी हिमपात हुँदा कोरला राजमार्ग सडक समेत अहिले अवरुद्ध बनेको सशस्त्र प्रहरी बोर्डर आउट पोस्ट ९बीओपी०का इञ्चार्जमा भीमबहादुर क्षेत्रीले जानकारी दिए।

हिमपातले सडक अवरुद्ध हुँदा उपल्लो मुस्ताङ तथा कोरलानाका भ्रमण गर्न जाने आन्तरिक तथा बाह्य पर्यटक समस्यामा परेका छन्। आइतबार बिहानैदेखिको भारी हिमपात का कारण सडक तथा बस्तीहरुमा दुई फिटसम्म हिउँ जमेको उनले जानकारी दिए।

उनले निरन्तरको भइरहेको हिमपातले गर्दा सडक खुलाउने अवस्था नरहेको बताए। उनले मौसम सुधार र हिमपात रोकिएको अवस्थामा सशस्त्र प्रहरीको बीओपी टोली र छोसेर प्रहरी चौकीका सुरक्षाकर्मीले सडकमा जमेको हिउँ पन्छ्याएर सडक यातायात सहज बनाइने बताए।

हिमपातले अहिले उपल्लो मुस्ताङको जनजीवन प्रभावित बनेको छ। हिमपात कारण बिहानदेखि उपल्लो मुस्ताङमा विद्युत र सञ्चार सेवा अवरुद्ध बनेकोमा केही समयअघि मात्र सञ्चार सेवा सञ्चालनमा आएको छ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 70

प्रतिक्रिया (०)

सम्बन्धित खबर