Aamsanchar

धनकुटामा जीप दुर्घटना

Author Image
आइतवार, फागुन २०, २०८०

धनकुटा – पाख्रिवास नगरपालिका-१० चुङवाङमा आइतबार दिउँसो जीप दुर्घटना हुँदा सात जना घाइते भएका छन्।

हिलेबाट चुङवाङतर्फ गइरहेको को १ च १६१९ नम्बरको पिकअप जीप भारती माध्यमिक विद्यालयको छेउमा सडकदेखि करिब ५० मिटर तल खसेको थियो।

प्रहरी घटनास्थलमा पुगिसकेको छ। घाइतेहरूलाई उपचारका लागि अस्पताल लैजाने काम भइरहेको प्रहरीले जनाएको छ। गाडीको चक्का पड्किएर दुर्घटना भएको हुनसक्ने प्रारम्भिक अनुसन्धानबाट खुलेको हिले प्रहरी चौकीका इन्चार्ज अर्जुन कार्कीले बताए। चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 93

प्रतिक्रिया (०)

सम्बन्धित खबर