Aamsanchar

शालीन मृत्यु प्रकरण : निष्पक्ष छानविनको माग गर्दै शिक्षण अस्पताल अगाडि प्रदर्शन

Author Image
आइतवार, फागुन २०, २०८०

काठमाडौं – चितवनमा आत्महत्या गरेकी भनिएकी शालीन पोखरेलको घटना निष्पक्ष छानविनको माग गर्दै आइतबार शिक्षण अस्पताल अगाडि प्रदर्शन भएको छ। मृतक बालिकाका आफन्तले र अन्य सर्वसाधारणहरूले विरोध प्रदर्शन गरेका हुन्।

उनीहरुले अस्पताल र होस्टेलविरुद्ध नाराबाजीसमेत गरेका थिए। उनीहरु जबर्जस्ति अस्पताल छिर्न खोजेपछि केही समय प्रहरीसँग धकेलाधकेल पनि भएको थियो। केही प्रदर्शनकारीलाई प्रहरीले नियत्रणमा समेत लिएको छ।

चितवनको रत्ननगर नगरपालिका–१० स्थित एकता शिशु निकेतनको होस्टेलमा शालिन पोखरेल शङ्कास्पद रूपमा मृत फेला परेकी थिइन्। घटना अनुसन्धानका लागि प्रहरीले स्कुलका प्रिन्सिपल, भाइस प्रिन्सिपल र होस्टलको वार्डेनलाई पक्राउ गरेर अनुसन्धान गरिरहेको छ।

शालिनका परिवारले बलात्कारपछि हत्या गरिएको आरोप लगाए पनि पोस्टमार्टम रिपोर्टमा बलात्कार नभएको देखिएको अस्पतालले जनाएको छ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 54

प्रतिक्रिया (०)

सम्बन्धित खबर