Aamsanchar

नेप्से परिसूचकमा १२ अंककाे गिरावट

Author Image
आइतवार, फागुन २०, २०८०

काठमाडौँ – यो साता कारोबारको पहिलो दिन आज (आइतवार) नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक करिब १२ अंकले घटेको छ। आज नेप्से परिसूचक ११ दशमलव ७८ अंकले घटेर १ हजार ९६० दशमलव ३० को बिन्दुमा कायम भएको हो।

आज ३०९ कम्पनीको ५५ लाख ७४ हजार २०७ कित्ता ४५ हजार ४४२ पटक खरिदबिक्री हुँदा २ अर्ब ८ करोड २७ लाख ८६ हजार ८९ रुपैयाँ बराबरको कारोबार भएको छ।

होटल तथा पर्यटन समूह शून्य दशमलव ५४ र उत्पादन तथा प्रशोधन समूह शून्य दशमलव ६६ प्रतिशतले बढेका छन् भने अरु सबै समूहको उपसूचक घटेको छ।

सबैभन्दा धेरै व्यापार समूह २ दशमलव ५२ र अन्य समूह १ दशमलव शून्य २ प्रतिशतले घटेको छ।

आजको कारोबारपछि शेयर मूल्य बढेका कम्पनीहरुमा सबैभन्दा धेरै ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर ९ दशमलव ७० र एनआईसी एशिया ग्रोथ फन्ड–२ को शेयर मूल्य ८ दशमलव ४५ प्रतिशतले बढेको छ।

सबैभन्दा धेरै घट्नेमा भने चिर्खुवा हाइड्रोपावर लिमिटेडको शेयर मूल्य ७ दशमलव ४९ प्रतिशतले घटेको छ।

कारोबार रकम र कारोबार भएका शेयर सङ्ख्याका आधारमा सबैभन्दा धेरै सोनापुर मिनरल्स एन्ड आयल लिमिटेडको १३ करोड २० लाख ४९ हजार ५४० रुपैयाँ बराबरको २ लाख ९२ हजार ३२६ कित्ता शेयर कारोबार भएको छ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 42

प्रतिक्रिया (०)

सम्बन्धित खबर