Aamsanchar

धनकुटामा पिकअप दुर्घटना अपडेट : घाइते भएकामध्ये एक बालिकाको मृ*त्यु

Author Image
आइतवार, फागुन २०, २०८०

धनकुटा –धनकुटाको पाख्रिबास नगरपालिका १० चुङमाङमा आइतबार अपराह्न भएको सवारी दुर्घटनामा घाइते भएकामध्ये एक बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा सहिदभूमि गाउँपालिका ५ खोकु घर भई हाल पाख्रिबास १० शिवालय बस्ने ९ वर्षीया बालिका संस्कृति राई रहेको प्रहरीले जनाएको छ ।

उनको धनकुटा जिल्ला अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी राजबाबु महर्जनले जानकारी दिए ।

गम्भीर घाइतेमध्ये चार जनालाई धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका लगिएको छ । अन्य घाइतेको जिल्ला अस्पतालमा उपचार भइरहेको छ ।

यात्रुवाहक बोलेरो पिकअप गाडी दुर्घटना हुँदा १६ यात्रु घाइते भएका थिए । हिले बजारबाट चुङमाङतर्फ जाँदै गरेको को २ च १६१९ नम्बरको पिकअप गाडी दिउँसो करिब २:३० बजे दुर्घटना भएको थियो । गाडी सडकबाट करिब ५० मिटर तल खस्दा त्यसमा सवार सबै यात्रु घाइते भएको जनाइएको छ । घाइते हुनेमा नेत्र कार्की, ईन्द्रकुमारी राई, लक्ष्मी राई, जया राई, वेदी बराल खत्री, सुनिता खत्रीलगायत छन् ।

क्षमताभन्दा बढी यात्रु बोकेका कारण जिप अनियन्त्रित भएर दुर्घटना भएको प्रहरीको अनुमान छ । चालक राममणि राईलाई प्रहरीले नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी महर्जनले जानकारी दिए । उनका अनुसार घटनाबारे थप अनुसन्धान अघि बढाइएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 184

प्रतिक्रिया (०)