Aamsanchar

कोशी प्रदेशकै पहिलो पूर्ण खोप सुनिश्चित गाउँपालिका बन्यो पाँचथरको हिलिहाङ

Author Image
सोमवार, फागुन २१, २०८०

पाँचथर – पाँचथरको हिलिहाङ गाउँपालिका कोशी प्रदेशकै पहिलो पूर्ण खोप सुनिश्चित गाउँपालिका घोषणा भएको छ । प्रदेशभरका पालिकाहरुतर्फ भने पूर्ण खोप सुनिश्चित गर्ने हिलिहाङ गाउँपालिका प्रदेशको दोस्रो हो ।

यसअघि ताप्लेजुङको फुङलिङ नगरपालिका मापदण्ड अनुसार जन्मेदेखि ५९ महिनाका बालबालिकालाई खोपको मात्रा पुरा गर्दै पूर्ण खोप सुनिश्चित नगरपालिका घोषित भएको थियो । प्रदेशभरका १ सय ३७ पालिकामध्ये नगरपालिका तर्फ फुङलिङ र गाउँपालिका तर्फ हिलिहाङ पहिलो भएको जनस्वास्थ्य कार्यालय पाँचथरका प्रमूख तेजबहादुर तुम्बापोले बताउनुभयो ।

हिलिहाङ गाउँपालिकामा रहेका सबै वडामा १५ देखि ५९ महिना उमेरका बालबालिकालाई खोपको मात्रा पूरा गर्दै हिजो पूर्ण खोप सुनिश्चित गाउँपालिका घोषणा गरिएको हो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 55

प्रतिक्रिया (०)