Aamsanchar

फरार अभियुक्त पक्राउ

Author Image
सोमवार, फागुन २१, २०८०

कपिलवस्तु – लागूऔषध ओसारपसार र औषधि अनुचित प्रयोग एवं दुरुपयोग सम्बन्धी कसुर मुद्दामा जेल सजाय तोकिएपछि फरार भएका एक जना पक्राउ परे‍का छन्।

कृष्णनगर नगरपालिका-३ झण्डीनगरका २२ वर्षीय मोहित कुमार गुप्तालाई प्रहरीले उनकै घरबाट पक्राउ गरेको हो। आफ्नै घरमा रहेको भन्ने गोप्य सूचनाका आधारमा इलाका प्रहरी कार्यालय कृष्णनगरले गुप्तालाई पक्राउ परेको प्रहरी उपरीक्षक नवरत्न पौडेलले बताए।

पक्राउ परेका गुप्ताको ११ महिना २८ दिन कैद भुक्तान बाँकी रहेको र २० हजार रुपैयाँ जरिवाना असुल गर्न बाँकी रहेको प्रहरीले जनाएको छ। गुप्तालाई प्रहरीले अन्य अदालती प्रक्रिया पूरा गर्नका लागि जिल्ला अदालतमा बुझाएको छ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 64

प्रतिक्रिया (०)

सम्बन्धित खबर