![](https://aamsanchar.com/wp-content/uploads/2024/07/449688976_355050200945424_3932588755901431295_n.jpg)
![](https://aamsanchar.com/wp-content/uploads/2024/01/Eecohm__New__aa-1.gif)
![](https://aamsanchar.com/wp-content/uploads/2023/11/chapti.jpg)
![](https://aamsanchar.com/wp-content/uploads/2024/03/InShot_20240305_085406754.jpg)
![](https://aamsanchar.com/wp-content/uploads/2024/07/WhatsApp-Image-2024-07-03-at-18.58.00_078f4d25.jpg)
झापा – मोरङको पथरीमा धारिलो हतियार प्रहार गरी एक किशोरीको हत्या भएको छ।
सोमबार राति करिब १० बजे पथरीशनिश्चरे वडा नम्बर ७ मा खोटाङ जिल्ला ऐंसेलुखर्क गाउँपालिका वडा नम्बर ६ निवासी दानबहादुर राईकी छोरीको धारिलो हतियार प्रहार गरी हत्या गरिएको हो।
![](https://aamsanchar.com/wp-content/uploads/2024/07/WhatsApp-Image-2024-07-03-at-15.31.01_499596d9.jpg)
![](https://aamsanchar.com/wp-content/uploads/2023/03/arjundhara.jpg)
इलाका प्रहरी कार्यालय पथरीका अनुसार फूपु छोराको घरमा बस्दै आएकी १४ वर्षीया ज्ञानमति थुलुङ राईलाई अपरिचित व्यक्तिले टाउको र घाँटीमा धारिलो हतियार प्रहार गरेका हुन्। नाबालिकाको टाउको र शरीर छुट्टिने गरी हत्या भएको प्रहरीले जनाएको छ।
प्रहरीले घटनाबारे अनुसन्धान सुरू गरेको इलाका प्रहरी कार्यालय पथरीका प्रमुख डीएसपी गणेश श्रेष्ठले बताए। ज्ञानमति पथरीस्थित पञ्चायत माविमा कक्षा ७ मा अध्ययनरत् थिइन्। घटनाको कारणबारे प्रहरीले अनुसन्धान गरिरहेको छ।
घटनास्थलमा इलाका प्रहरी कार्यालयको टोली तथा मोरङ जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक नवराज कार्की आफैं पुगेका छन्। घटनाको अवस्था जटिल रहेको र हत्यारा अहिलेसम्म पत्ता लाग्न नसकेको बताइएको छ।
घटनास्थलमा संघीय प्रहरी इकाई कार्यालय धरानबाट कुकुर ल्याएर अनुसन्धान थालिएको छ। ज्ञानमति दुई वर्ष अगाडिदेखि फुपूको छोरा दाजु पर्नेको घरमा बस्दै आएकी थिइन्।