Aamsanchar

विराटचोक–घिनाघाट सडकखण्डको नेता चोकमा घाइते अवस्थामा भेटिएका युवाको मृ*त्यु

Author Image
मङ्गलवार, फागुन २२, २०८०

विराटनगर – मोरङको ग्रामथान गाउँपालिका-६ नेता चोकमा घाइते अवस्थामा भेटिएका पुरुषको मृत्यु भएको छ ।

विराटचोक–घिनाघाट सडकखण्डको नेता चोकमा घाइते अवस्थामा भेटिएका ग्रामथान गाउँपालिका–६ का अन्दाजी ३१ वर्षीय सुरज माझीको मृत्यु भएको हो । उनलाई सवारीले ठक्कर दिएको थियो । तर ठक्कर दिने सवारी खुलेको छैन ।

मोरङ प्रहरीका प्रवक्ता डीएसपी रन्जनकुमार दाहालका अनुसार विराटचोक–घिनाघाट सडकखण्डअन्तर्गत ग्रामथान–६ नेताचोकमा टाउकोमा चोट लागेको गम्भीर अवस्थामा राति ९ :२० बजेतिर माझी फेला परेका थिए ।

उपचारका लागि उनलाई कोशी अस्पताल लगिएको थियो । लगतै चिकित्सकले मृत घोषित गरेका थिए ।

घटनाको प्रकृति हेर्दा पैदल हिँडिरहेका बेला माझीलाई पहिचान नखुलेको सवारीसाधनले ठक्कर दिएको जस्तो देखिएको प्रहरीले बताएको छ । ठक्कर दिने सवारीसाधन भेटिएको छैन ।

दुर्घटनामा संलग्न सवारीसाधानको खोजी सुरु गरिएको उनले बताए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 47

प्रतिक्रिया (०)

सम्बन्धित खबर