

बिर्तामोड- सशस्त्र प्रहरीको एपिएफ फुटबल क्लबलाई झापा गोल्ड क्लबले कारबाही गरेको छ । एपिएफलाई ११ हजार रुपैयाँ जरिवाना गर्ने निर्णय भएको छ ।

फागुन २१ गते बागमती युवा क्लबसँग भएको खेलमा एपिएफले खेलाडीको जर्सी तथा जर्सीको रङ सम्बन्धी नियम उल्लंघन गरेको जनाउँदै झापा गोल्ड क्लबले कारबाही गरेको हो ।

झापा गोल्ड कप २०८० नियमावलीको २३ (ख) ले दिएको अधिकार प्रयोग गरी एपिएफमाथि कारबाही गरिएको जनाईएकाे छ।

Views: 136

