Aamsanchar

रबरको ट्युबमाथि बसेर माछा मार्ने क्रममा ट्युबको हावा फुस्कँदा एक जनाको मृ*त्यु

Author Image
बुधवार, फागुन २३, २०८०

नवलपुर-माछा मार्ने क्रममा नारायणी नदीमा डुबेर एक जना भारतीय नागरिकको मृत्यु भएको छ । जिल्लाको विनयी त्रिवेणी गाउँपालिका–७ को नारायणी नदीमा रबरको ट्युबमाथि बसेर माछा मार्ने क्रममा ट्युबको हावा फुस्कँदा उक जनाको मृत्यु भएको हो ।

मृतक अन्दाजी ६०/६५ वर्षका पुरुषको सनाखत हुन सकेको छैन । पानीमा डुबेर अचेत भएका उनलाई प्रहरीले उद्धार गरी नवलपुर जिल्ला अस्पताल डण्डामा पुर्‍याएकोमा चिकित्सकले मृत घोषणा गरेका प्रहरी निरीक्षक साजन शर्माले जानकारी दिनुभयो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 57

प्रतिक्रिया (०)

सम्बन्धित खबर