Aamsanchar

पर्यटकको आगमन बढ्यो कञ्चनजंघा हिमशृङ्खला क्षेत्रमा

Author Image
बिहिवार, फागुन २४, २०८०

ताप्लेजुङ – कञ्चनजंघा क्षेत्रमा पछिल्लो समय पर्यटकको संख्या बढेको छ। लामो समय सुनसानजस्तै रहेको यो क्षेत्रमा तीन महिनामा ६५० विदेशी पर्यटकले भ्रमण गरेका छन्।

कचञ्चनजंघा क्षेत्रमा दुई याममा पर्यटक भम्रण गर्छन्। कञ्चनजंघा संरक्षण क्षेत्र व्यवस्थापन परिषद्को कार्यालयका सूचना अधिकारी दोभान लिम्बूले चालु आर्थिक वर्षको पहिलो याम असोज, कात्तिक र मङ्सिरसम्म कञ्चनजंघा हिमालको आधार शिविरको ६५० बाह्य पर्यटकले अवलोकन गरेको बताए।

त्यत्तिकै सङ्ख्यामा आन्तरिक पर्यटकले समेत कञ्चनजंघा क्षेत्रको अवलोकन गरेको भनिए पनि आन्तरिक पर्यटकको तथ्याङ्क भने अहिलेसम्म राख्ने व्यवस्था नभएको परिषद् कार्यालयले जनाएको छ। पर्यटन व्यवसायीका अनुसार दोस्रो याम चैत, वैशाख र जेठ महिनामा हुन्छ।

गत वर्ष ४३९ बाह्य पर्यटकले अवलोकन गरेका थिए। गत वर्षका तुलनामा चालु आवमा २११ बाह्य पर्यटक वृद्धि भएको परिषद्को तथ्यांकले जनाएको छ। विस्तारै पर्यटकको आगमनसँगै पर्यटन व्यवसाय लयमा फर्किन थालेको छ। कोभिड-१९ का कारणले लामो समय सुनसानजस्तै रहेको यो क्षेत्र विस्तारै लयमा फर्किन थालेको परिषद्का कार्यालय सचिव मनकुमार लिम्बूले बताए।

कञ्चनजंघा क्षेत्रमा बसोबास गर्ने समुदायको मुख्य आम्दानीको स्रोत पर्यटन हो। विस्तारै पर्यटकको आगमनले पर्यटन व्यवसायी तथा होटल व्यवसायी उत्साहित भएका छन्। पर्यटक लक्षित गरेर पदमार्गमा सानाठूलो लगानीको ५२ होटल सञ्चालनमा रहेको कञ्चनजंघा संरक्षण क्षेत्र व्यवस्थापन परिषद्को तथ्यांक छ।

कञ्चनजंघा हिमालको आधार शिविर पुग्नका लागि दुईवटा पदमार्ग प्रयोगहुन्छ। पाँचथरको गणेशचोक हुँदै ताप्लेजुङको सिरिजंघा गाउँपालिका हुँदै पर्यटक कञ्चनजंघा हिमालको आधार शिविर पुग्छन्। यो पदर्माग ९साउथ रुट०मा पर्ने कञ्चनजंघा व्यवस्थापन परिषद्को याम्फुदीन कार्यालयका पर्यटन सहायक सूर्यमान राईले जानकारी दिए।

काठमाडौंबाट हवाईमार्ग भएर ताप्लेजुङको सुकेटर विमानस्थलसम्म पुगेर फक्ताङलुङ गाउँपालिका हुँदै कञ्चनजंघा हिमालको आधार शिविर पुगिन्छ। यो पदर्माग (नर्थ रुट)मा पर्छ। यो क्षेत्र जाने पर्यटकको विवरण कञ्चनजंघा संरक्षण क्षेत्र व्यवस्थापन परिषद्ले राख्दै आएको छ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 86

प्रतिक्रिया (०)

सम्बन्धित खबर