Aamsanchar

भन्सार छलीकाे सामान बरामद

Author Image
बिहिवार, फागुन २४, २०८०

रुपन्देही – रुपन्देही प्रहरीले भारतबाट नेपालतर्फ भन्सार छली भित्र्याइएका सामान बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीको टोलीले हिजो बेलुकी कालीदह नाकाबाट भन्सार छली नेपाल भित्र्याइएको प्याज र धकधही क्षेत्रबाट विभिन्न उपभोग्य सामान बरामद गरेको छ ।

प्रहरी टोलीले लुम्बिनी सांस्कृतिक नगरपालिका–१ कालीदहबाट एक सय ४० बोरा प्याज बरामद गरेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी नायब उपरीक्षक (डीएसपी)मनोहरप्रसाद भट्टले जानकारी दिनुभयो । ती प्याज मोटसाइकल र साइकलमा ढुवानी गरी गोदाम गरिरहेका अवस्थामा बरामद गरिएको उहाँले बताउनुभयो ।

यस्तै प्रहरी टोलीले रोहिणी गाउँपालिका–३ धकधईबाट दुई लाख रुपैयाँ बराबरको सामान बरामद गरेको हो । प्रहरीले बरामद गरेको सामानमा पिच्कारी, रङ, बेलुन, जुत्ता र चप्पल, टिसर्टलगायत छन् । बरामद गरिएको सामान आवश्यक कारबाहीका लागि भैरहवा भन्सार कार्यालय बेलहिया पठाइएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 58

प्रतिक्रिया (०)