Aamsanchar

त्रिशूली नदीमा बस खस्दा बेपत्ता एक महिलाको शव फेला

Author Image
बिहिवार, फागुन २४, २०८०

काठमाडौं – पृथ्वी राजमार्गबाट त्रिशूली नदीमा बस खस्दा बेपत्ता भएका एक महिलाको शव फेला परेको छ ।

सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेस आदामघाटको गोताखोर टोलीले खोजतलास गर्दा बिहीबार दिउँसो शव फेला पारेको डीएसपी शैलेन्द्र थापाले जानकारी दिए । यसअघि आज बिहान पनि बेपत्ता भएका एक पुरुषको शव फेला परेको थियो ।

बुधबार कपिलवस्तुबाट काठमाडौंतर्फ आउँदै गरेको लु२ख २१२१ नम्बरको यात्रुवहाक बस धादिङको गजुरी गाउँपालिका–५, घाटबेसीबाट त्रिशूली नदीमा खसेको थियो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 66

प्रतिक्रिया (०)

सम्बन्धित खबर