Aamsanchar

विद्यालय समयमा अन्यत्र पढाउने शिक्षकलाई गाउँपालिकाले कारबाही गर्ने

Author Image
बिहिवार, फागुन २४, २०८०

दमक- झापाको कमल गाउँपालिकाले विद्यालय समयमा अन्यत्र पढाउने शिक्षकलाई कारबाही गर्ने भएको छ । विद्यालय समयपछि अन्य विद्यालयमा पढाउन पनि अनुमति लिएर मात्र जान पाउने भन्दै सामुदायिक विद्यालयहरुलाई परिपत्र गरेको हो ।

सामुदायिक विद्यालयमा कार्यरत शिक्षकले अन्यत्र पढाउने गरेको गुनासो आउन थालेपछि यसको नियन्त्रणका लागि यो निर्णय गरिएको गाँउपालिका अध्यक्ष हुकुमसिंह राईले बताउनुभएको छ । आफू खुशी अन्यत्र विद्यालयमा गएर पढाउन नपाइने स्पष्ट व्यवस्था रहेको उहाँको भनाइ छ । सम्बन्धीत विद्यालय व्यवस्थापन समितिको सिफारिससहित पालिकाबाट समेत अनिवार्य अनुमति लिएर मात्र विद्यालय समय बाहिर पढाउन जान पाउने शिक्षा समितिले निर्णय गरेको उहाँले जनाउनुभयो । यसबाट विद्यालय समयभित्र शिक्षकहरु जिम्मेवार रुपमा रहनुपर्ने दायित्वबोध गराउन खोजिएको उहाँले बताउनुभयो ।

पालिका भित्रमा रहेका कुनै पनि विद्यालयहरूले नयाँ विद्यार्थी भर्ना गर्दा अनिवार्य रुपमा स्थानान्तरण प्रमाण र लव्द्याङ्क पत्र संलग्न गरेर मात्र विद्यार्थी भर्ना गर्न पनि गाँउपालिकाले निर्देशन दिएको छ । शिक्षा क्षेत्रमा धेरै बिकृतीहरु रहेकाले यसलाई हटाउन यस प्रकारको निर्णय लिनु परेको अध्यक्ष राईले जनाउनुभएको छ ।

यसैगरी संस्थागत विद्यालयहरूले शैक्षिक सत्र २०८० मा शिक्षा नियमावली अनुसार १० प्रतिशत छात्रवृत्ति दिए नदिएको पनि जाँच्न सुरु गरिएको गाँउपालिकाले जनाएको छ । विद्यार्थी तथा अभिभावकको सम्पूर्ण विवरण सहित छात्रबृत्ति प्रदान गरिएकाहरुको विवरण गाँउपालिकाले मागेको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 105

प्रतिक्रिया (०)

सम्बन्धित खबर