Aamsanchar

वैवाहिक कार्यक्रमका लागि हिँडेको स्कार्पियो ब्रेक फेल भइ दुर्घटना

Author Image
शुक्रवार, फागुन २५, २०८०

अर्घाखाँची- जिल्लाको पाणिनी गाउँपालिका –७ अड्गुरीमा शुक्रबार दिउँसो स्कार्पियो दुर्घटना भएको छ । स्कार्पियोमा सवार ७ जना यात्रु सकुशल रहेको प्रहरीले जनाएको छ ।

घुम्टी दुर्गाफाँट सडक खण्डको भञ्ज्याङ्नजिक बा १५ च २३५३ नम्बरको स्कार्पियो दुर्घटना भएको हो । दुर्घटनामा कुनै मानवीय क्षति नभएको प्रहरीको भनाइ छ । गाडीमा सवार सबैको अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी निरीक्षक विक्रम रिजालले जानकारी दिनुभयो । स्कार्पियोमा क्षति भएको प्रहरीले जनाएको छ ।

कपिलवस्तुदेखि अर्घाखाँचीको दुर्गाफाँटसम्म वैवाहिक कार्यक्रमका लागि हिँडेको स्कार्पियो ब्रेक फेल भइ दुर्घटना भएको चालकको भनाइ छ । गाडीमा चालकसहित ७ जना सवार थिए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 52

प्रतिक्रिया (०)

सम्बन्धित खबर