![](https://aamsanchar.com/wp-content/uploads/2024/07/449688976_355050200945424_3932588755901431295_n.jpg)
![](https://aamsanchar.com/wp-content/uploads/2024/01/Eecohm__New__aa-1.gif)
![](https://aamsanchar.com/wp-content/uploads/2023/11/chapti.jpg)
![](https://aamsanchar.com/wp-content/uploads/2024/03/InShot_20240308_141340224.jpg)
![](https://aamsanchar.com/wp-content/uploads/2024/07/WhatsApp-Image-2024-07-03-at-18.58.00_078f4d25.jpg)
![](https://aamsanchar.com/wp-content/uploads/2023/08/golary.png)
![](https://aamsanchar.com/wp-content/uploads/2023/03/arjundhara.jpg)
काठमाडौँ – बाँकेको डुडुवा गाउँपालिका–६ स्थित चौधरिपुर्वाबाट नक्कली औषधि बिक्रेतालाई जिल्ला प्रशासन कार्यालय बाँकेको टोलीले पक्राउ गरेको छ । आरोपीलाई पक्राउ गरेर पसल सिल गरिएको बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवण कुमार पोखरेलले बताए ।
पक्राउ पर्नेमा विकाश लखेर छन् । उनले औषधि बिक्री गर्ने योग्यताको प्रमाण पत्र देखाउन सकेका छैनन् । उनको पसल दर्ताबिना नै सञ्चालन गरेको अनुगमनबाट फेला परेको छ । पसलमा करिब ७५ प्रतिशत औषधी म्याद गुज्रिएको अवस्थामा भेटिएको छ ।
म्याद गुज्रिएको भन्दा बाहेकका औषधिहरूको उपयोग म्यादमा हातले नै ‘ओभर राइट’ गरेको फेला परेको प्रजिअ पोखरेलले बताए । उपयोग गर्न निषेध गरिएको भिगो ट्रप्पल एक्स, डर्मिकेम र कम्बिनेसनमा भएका अन्य औषधिहरू पनि सो पसलमा बेच्ने गरेको भेटिएको छ । अनुमति बिना सञ्चालित पसल जिल्ला प्रशासन कार्यालयले सिल गरेको छ ।
![](https://aamsanchar.com/wp-content/uploads/2024/07/WhatsApp-Image-2024-07-03-at-15.31.01_499596d9.jpg)
औषधि व्यवस्था विभाग शाखा कार्यालय नेपालगन्जसँग समन्वय गरेर आरोपीलाई कानुन बमोजिम कारबाही गरिने प्रजिअ पोखरेलले जानकारी दिए ।