Aamsanchar

बिरेठाँटीमा एकीकृत पर्यटन सूचना केन्द्रसञ्चालनमा

Author Image
शुक्रवार, फागुन २५, २०८०

काठमाण्डौ – विश्व प्रख्यात अन्नपूर्ण आधार शिविर (एविसी) प्रवेशद्वार कास्कीको अन्नपूर्ण गाउँपालिका बिरेठाँटीमा एकीकृत पर्यटन सूचना केन्द्रसञ्चालनमा आएको छ । अन्नपूर्ण–८ बिरेठाँटीमा रहेको सूचना केन्द्र गाउँपालिकाले गौरवको आयोजनाका रुपमा रहेको छ ।

पर्यटकलाई आफ्नो भ्रमण क्षेत्रकोबारेमा पूर्वजानकारी गराउँदै पर्यटन क्षेत्रलाई सुरक्षित बनाउने प्रमुख उद्देश्य केन्द्रको छ । गण्डकी प्रदेश सरकार र गाउँपालिकाको साझेदारी गरी ६० लाख रुपैयाँको केन्द्र स्थापना गरिएको हो ।

केन्द्रमा सूचना प्रविधि अधिकृतसहित तीन कर्मचारीको व्यवस्था गरिएको गाउँपालिकाले जनाएको छ । सूचना केन्द्रबाट पर्यटकलाई आवश्यक सूचना तथा जानकारी प्रदान गरिने र पर्यटकलाई अप्ठ्यारो परेको अवस्थामा छिटो उद्धार गर्नसमेत सहयोगी हुने गाउँपालिका अध्यक्ष विष्णुबहादुर केसीले बताउनुभयो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 66

प्रतिक्रिया (०)

सम्बन्धित खबर