Aamsanchar

काठमाण्डौ महानगरभित्र कुष्ठरोगका एक सय १० बिरामी भेटिए

Author Image
शुक्रवार, फागुन २५, २०८०

काठमाण्डौ – काठमाण्डौ महानगरपालिकाभित्र कुष्ठरोगका एक सय १० बिरामी भेटिएका छन् । स्वास्थ्य सेवा विभाग, इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाअन्तर्गत कुष्ठरोग नियन्त्रण तथा अपाङ्गता व्यवस्थापन शाखाले विभिन्न सरकारी तथा गैरसरकारी संस्थासँगको सहकार्यमा गरेको अध्ययनमा आर्थिक वर्ष २०७९र८० मा महानगरभित्र मात्रै एक सय १० कुष्ठरोगका बिरामी भेटिएका हुन् ।

महानगरभित्र कुष्ठरोगका बिरामी फेला परेपछि गैरसरकारी संस्था एनएलआर नेपालले महानगर र स्वास्थ्य सेवा विभागअन्तर्गत शाखाको सहकार्यमा स्थानीय जनप्रतिनिधि, स्वास्थ्य शाखाका कर्मचारी र स्वास्थ्य स्वयंसेवकलाई ‘कुष्ठरोग नियन्त्रण तथा अपाङ्गता समावेशी सम्बन्धी’ क्षमता अभिवृद्धि कार्यक्रम सञ्चालन गर्दै आएको छ ।

कार्यक्रममा यससम्बन्धी पाठ्यक्रम निर्माण गरी कुष्ठरोग के हो रु कुष्ठरोगले मानिसलाई कसरी अपाङ्गता बनाउँछ रु निदान कसरी गर्न सकिन्छ रु यो रोग लागिहालेमा कसरी औषधि सेवन गर्नेलगायत जानकारी दिइने एनएलआर नेपालका कार्यकारी निर्देशक विकासमान सिंहले जानकारी दिनुभयो ।

कुष्ठरोग समयमै पहिचान गर्नसके औषधि सेवनबाट निको हुने उहाँको भनाइ छ । संस्थाले बिहीवार काठमाण्डौ महानगरपालिका–२६ मा कार्यक्रम सञ्चालन गरेको थियो । ‘कुष्ठरोग आँखाले देख्न नसकिने ुमाइकोब्याक्टेरियम लेप्रेु नामक सुक्ष्म कीटाणुबाट लाग्ने, ज्यादै कम सर्ने रोग हो । उपचार नगरेका बिरामीसँग लामो समयसम्म सम्पर्कमा आउने व्यक्तिलाई मुख्यतः श्वासप्रश्वासका माध्यमबाट यो रोग सर्ने गरेको पाइन्छ’, निर्देशक सिंहले भन्नुभयो ।

एनएलआरले अहिलेसम्म काठमाण्डौ महानगरपालिका वडा नम्बर–१०, ११, २६, २९ र ३१ का जनप्रतिनिधि, स्वास्थ्य शाखाका कर्मचारी र स्वास्थ्य स्वयंसेविकालाई यससम्बन्धी क्षमता अभिवृद्धि कार्यक्रम सञ्चालन गरिसकेको छ । आउँदा दिनमा वडा नम्बर–६, ७, ८, ९ र १७ वडामा कार्यक्रम सञ्चालन गरिने सिंहले बताउनुभयो ।

कुष्ठरोग नियन्त्रण तथा अपाङ्गता व्यवस्थापन शाखाका प्रमुख डाक्टर प्रशन्न नापितले आर्थिक वर्ष २०७९र८० मा देशभर दुई हजार पाँच सय २२ जना कुष्ठरोगका नयाँ बिरामी भेटिएका जानकारी दिनुभयो । उहाँका अनुसार नयाँ बिरामीमध्ये सबैभन्दा धेरै मधेश प्रदेशमा नौ सय ४४ रहेका छन् ।

एनएलआरले पहिलो चरणमा काठमाण्डौका विभिन्न १० वडाका तीन सयभन्दा बढी जनप्रतिनिधि, स्वास्थ्य कर्मचारी र स्वास्थ्य स्वयंसेविकालाई प्रशिक्षण दिने जनाएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 60

प्रतिक्रिया (०)

सम्बन्धित खबर