Aamsanchar

शर्मिलाले प्रहरी कार्यालयभित्र समेत हैरानी दिएको भनाइ, अरू थुनुवा महिलालाई पनि ‘उक्साउँछिन्’

Author Image
आइतवार, फागुन २७, २०८०

काठमाडौं – आफूलाई सामाजिक अभियन्ता बताउने शर्मिला वाइबा यही फागुन १६ गतेदेखि प्रहरीको थुनामा छिन् । आफूमाथि कुटपिट गरेको भन्दै हास्यकलाकार पवन खतिवडा ‘म्याकुरी’ले प्रहरीमा उजुरी दिएपछि उनी पक्राउ परेकी हुन् ।

उनीमाथि प्रहरीले मुलुकी अपराध संहिता, २०७४ अनुसार शारीरिक पीडा तथा कुटपिट गर्न नहुने कसुरमा अनुसन्धान जारी राखेको छ । प्रहरीले २४ दिन थुनामा राखेर अनुसन्धान गर्न पाउने कानुनी प्रावधान छ ।

शर्मिलामाथि अनुसन्धान सुरु गरिएको आइतबार १२ दिन पुगेको छ । सिन्धुपाल्चोकबाट पक्राउ परेकी शर्मिला हाल प्रहरी वृत्त महाराजगन्जको थुनामा छिन् ।

उनीविरुद्ध कुटपिटसम्बन्धी अभियोग पुष्टि भएमा अधिकतम तीन वर्षसम्म कैद वा ३० हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुनेछ ।

सामाजिक सञ्जाल युट्युबमार्फत विभिन्न व्यक्तिहरूको चरित्र हत्या हुने अभिव्यक्ति दिँदै आएको पनि उनीमाथि आरोप छ ।

शर्मिलाले प्रहरी कार्यालयभित्र समेत हैरानी दिएको प्रहरीको भनाइ छ । महारागन्ज प्रहरीको थुनुवाकक्षमा हाल १० महिला थुनुवा राखिएको छ ।

उनीहरूलाई समेत अनावश्यक उचालेर प्रहरीलाई हैरानी दिने गरेको महाराजगन्ज प्रहरीको भनाइ छ । बयान दिँदा समेत उनी प्रहरीमाथि नै जाइलाग्ने गरेको बताइएको छ । उनलाई महिला प्रहरीको विशेष निगरानीमा राखिएको छ ।

शर्मिलामाथि नेपाल प्रहरीको साइबर ब्युरोमा समेत उजुरी दिइएको छ । पवन र उनकी श्रीमती सुम्निमाबीचको विवादका क्रममा पवनमाथि हातपात गरेपछि उनी प्रहरीको थुनामा बस्नुपरेको हो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 50

प्रतिक्रिया (०)

सम्बन्धित खबर