Aamsanchar

महिलालाई जबरजस्ती करणी गरेको आरोपमा एक युवक पक्राउ

Author Image
आइतवार, फागुन २७, २०८०

ढल्केवर। धनुषामा एक महिलामाथि बलात्कार भएको छ। महिलालाई जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ।

पक्राउ परेका युवकले गत २४ फागुनमा राति मिथिला नगरपालिका–३ बस्ने एक महिलामाथि जबरजस्ती करणी गरेको आरोप छ। घटनालगतै महिला हारगुहार गर्दै चिच्याएपछि स्थानीयले युवकलाई प्रहरीमा जिम्मा लगाएका थिए।

आफ्नै घरमा सुतिरहेको बेला २४ वर्षीय युवकले आफूमाथि जबरजस्ती करणी गरेको भन्दै महिलाले प्रहरीमा किटानी जाहेरीसमेत दिएकी छन्। आरोपितविरुद्ध जबरजस्ती करणी मुद्दामा जाहेरी दर्ता भएको इलाका प्रहरी कार्यालय ढल्केवरका प्रहरी निरीक्षक राजकिशोर साहले जानकारी दिए।

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 5

प्रतिक्रिया (०)

सम्बन्धित खबर