Aamsanchar

झापाको मेचीनगर स्थित भगवती प्लाई उद्योगमा लागेको आगो अझै नियन्त्रणमा आउन सकेको छैन

Author Image
सोमवार, फागुन २८, २०८०

फायल फोटो

बिर्तामोड। झापाको मेचीनगर नगरपालिका–१५ ज्यामिरगढीस्थित भगवती लेमिनेट्स प्रालिमा भीषण आगलागी भएको छ । ज्यामिरगढीस्थित प्लाइउड उद्योगमा बिहान पाँच बजेदेखि सुरू भएको आगलागी अहिलेसम्म नियन्त्रणमा लिन सकिएको छैन ।

आगो निभाउन १० वटा दमकलसहित नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको छ । आगो अझै पूूर्ण रुपमा नियन्त्रणमा आएको छैन । अहिले भित्रि भागमा आगो बलिरहेको छ ।

सुरक्षाकर्मीहरू दमकलको सहायताले आगो निभाउन प्रयासरत छन् । भगवती लेमिनेट्स झापाकै ठूलोमध्येको प्लाइउड उद्योग हो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
2
Views: 14

प्रतिक्रिया (०)

सम्बन्धित खबर