Aamsanchar

साइकल यात्रुलाई ठक्कर दिने बस स्थानीयले जलाए

Author Image
सोमवार, फागुन २८, २०८०

मलंगवा – साइकल यात्रुलाई ठक्कर दिने बसलाई सर्लाहीको कविलासी नगरपालिका-१० सलेमपुरमा स्थानीयबासीले जलाएका छन्। नवलपुरबाट मलंगवातर्फ आउँदै गरेको ग २ ख १४४० नम्बरको बसले सोही वडाका जुगल महतोलाई ठक्कर दिएको थियो।

ठक्कर दिएपछि आक्रोशित बनेका स्थानीयबासीले बसमा आगजनी गरेको छ। आगजनीबाट बस पूर्ण रुपमा क्षतिग्रस्त बनेको हो।

घाइते भएका महतोलाई प्रादेशिक अस्पताल मलंगवामा सामान्य उपचारपश्चात थप उपचारका लागि काठमाडौंतर्फ पठाइएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 50

प्रतिक्रिया (०)

सम्बन्धित खबर