Aamsanchar

झापाको बिर्तामोडमा साइकलबाट लडेर एक जनाकाे ज्यान गयाे

Author Image
सोमवार, फागुन २८, २०८०

झापा – झापाको बिर्तामोडमा साइकल दुर्घटनामा परेर एक जनाको मृत्यु भएको छ । बिर्तामोड नगरपालिका –६ का ४२ वर्षीय सन्तोष राई सोमबार बिहान बुट्टाबारीनजिक दुर्घटनामा परेको प्रहरीको भनाइ छ ।

साइकल छेउमा नै विहान शव भेटिएको र अवस्था हेर्दा साइकलबाट लडेर मृत्यु भएको अनुमान गरिएको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय बिर्तामोडका प्रमुख सुरज कार्कीका अनुसार टाउको बजारिएको, एकापट्टिको गाला घसारिएको र मुखबाट पानी बगिरहेको अवस्थामा शव भेटिएको थियो ।

प्रारम्भिक अनुसन्धानको क्रममा राइले मादक पदार्थ सेवन गरी साइकल कुदाउँदा दुर्घटना भएको देखिएको छ । घटना बिषयमा अनुसन्धान भइरहेको पनि उहाँले बताउनुभयो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 75

प्रतिक्रिया (०)

सम्बन्धित खबर