Aamsanchar

हेरोइन कारोबारी पक्राउ

Author Image
सोमवार, फागुन २८, २०८०

ललितपुर – लागु औषध हेरोइनको कारोबारमा संलग्न रहेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा ललितपुर महानगरपालिका-२४ धापाखेल बस्ने ३६ वर्षीय अनिल गिरी रहेका छन् ।ललितपुर महानगरपालिका वडा नं १० सातदोबाटो एरियाको आसपासमा अवैध लागु औषध खैरो हेरोइनको कारोबार भइरहेको छ भन्ने गोप्य सूचनाको आधारमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले गिरीलाई पक्राउ गरेको हो ।

लागु औषध कारोबार गर्ने व्यक्तिको खोजी कार्य गर्दै जाँदा प्रारम्भिक अनुसन्धान पश्चात् लागु औषध खैरो हेरोइन जस्तो देखिने करिब ४० ग्राम साना-साना प्लास्टिकको ८ पोका पारी बिक्री वितरण गरी रहेको अवस्थामा उनलाई पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक रवीन्द्र रेग्मीले जानकारी दिए ।

गिरीलाई पक्राउ गरी थप आवश्यक अनुसन्धान एवं कारबाहीको लागि प्रहरी वृत्त सातदोबाटो पठाइएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 58

प्रतिक्रिया (०)

सम्बन्धित खबर