Aamsanchar

खोटाङमा ५० शय्याको जिल्ला अस्पताल भवन निर्माणको काम दुई महिनादेखि ठप्प

Author Image
सोमवार, फागुन २८, २०८०

खोटाङ – जिल्ला अस्पताल खोटाङमा ५० शय्याको अस्पताल भवन निर्माणको काम ठप्प भएको छ।निर्माण कम्पनी श्याम सुन्दरररामसागररनेपाल फूलबारी जेभी काठमाण्डौले गएको पुस २४ गतेसम्ममा सक्नुपर्ने अस्पताल भवन निर्माणको काम दुई महिनादेखि ठप्प भएको हो ।

गएको पुसदेखि अस्पताल भवन निर्माणको काम ठप्प भएको जिल्ला अस्पताल खोटाङका डा रुपेश संग्रौलाले बताउनुभयो । जिल्ला अस्पताललाई २५ देखि ५० शय्यामा स्तरोन्नति गर्ने नेपाल सरकारको नीति तथा कार्यक्रम अनुशार १५ शय्याको जिल्ला अस्पतालका लागि ५० शय्याको भवन निर्माण शुरु गरिएको थियो ।

शहरी तथा भवन निर्माण आयोजना, ओखलढुङ्गामार्फत २२ करोड ९० लाख ४७ हजार रुपैयाँमा अस्पताल भवनको ठेक्का लागेको थियो । अस्पताल भवन निर्माणको काम किन ठप्प भएको हो भन्ने कारण ठेकेदार कम्पनीले अझै नखुलाएको अस्पताल प्रशासनको भनाइ छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 57

प्रतिक्रिया (०)

सम्बन्धित खबर