Aamsanchar

जनकपुरधामको एक होटलमा युवती मृत फेला, सँगै बसेका दुई युवक फरार

Author Image
मङ्गलवार, फागुन २९, २०८०

धनुषा – जनकपुरधामको एक होटलमा युवतीको मृत्यु भएको छ ।

मृत्यु हुनेमा कास्कीको पोखरा महानगरपालिका-१३ बस्ने अन्दाजी ३० वर्षीया खुश्बु सुनार नेपाली रहेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायव उपरीक्षक रञ्जन अवाले बताए ।

जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर-८ रामानन्द चोकस्थित होटेल सिटी एण्ड फ्यामली रेष्टुरेन्टमा सोमबार साँझ साथीहरूसँगै आएकी सुनारको मंगलबार बिहान साढे ८ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायव उपरीक्षक रञ्जन अवाले बताए ।

खुश्बुको मृत्यु भएपछि होटेलमा सँगै बसेका दुई युवक भने फरार भएका छन्।

प्रहरी नायव उपरीक्षक अवाले घटना शंकास्पद रहेको र युवतीको निधन पनि शंकास्पद देखिएकाले घटनाको अनुसन्धान अगाडि बढाइएको बताए । युवतीको शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरधाममा राखिएको र सँगै बसेको भनिएका दुई युवकको खोजी भइरहेको धनुषा प्रहरीले जानकारी दिए।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 56

प्रतिक्रिया (०)

सम्बन्धित खबर