विर्तामोड –वीरता लेडी जेसीजले बिर्तामोड उद्योग वाणिज्य सङ्घका नवनिर्वाचित पदाधिकारी तथा सदस्यलाई स्वागत गरेको छ । सचिवालयमा कार्यक्रम आयोजना गरी लेडी जेसीजले नवनिर्वाचित नेतृत्वलाई बधाई तथा शुभकामना दिएको हो ।
संस्थागत समन्वय, सहकार्य र सहजीकरणका लागि सहयोग पुग्ने अपेक्षासहित नवनिर्वाचित नेतृत्वको सम्मानमा स्वागत कार्यक्रम आयोजना गरिएको वीरता लेडी जेसीज वर्ष २०२४ की अध्यक्ष मेनुका ओलीले बताउनुभयो ।
लेडी जेसीजले आयोजना गरेको स्वागत कार्यक्रममा बिर्तामोड उद्योग वाणिज्य संघका नवनिर्वाचित अध्यक्ष राजु न्यौपानेले सामाजिक तथा व्यवसायिक संस्थाहरू बीच नियमित संवाद र छलफल हुनुपर्ने बताउनुभयो । उहाँले स्वागत सम्मान कार्यक्रम आयोजना गरेर लेडी जेसीजले सराहनीय कार्य गरेको उल्लेख गर्नुभयो ।
कार्यक्रममा संघकी नवनिर्वाचित जनसम्पर्क उपाध्यक्ष गोमा भट्टराई, वीरता लेडी जेसीज पूर्व अध्यक्ष क्लबकी अध्यक्ष कञ्चना सिटौला, निवर्तमान अध्यक्ष संगीता गिरी लगायतले बोल्नुभएको थियो ।
कार्यकारणी उपाध्यक्ष निशा शाक्यले स्वागत गर्नुभएको कार्यक्रमको सञ्चालन महासचिव मुना ढुंगेलले गर्नुभएको थियो ।