Aamsanchar

दुई वटा ट्रकमा पूर्वी नेपालतिर ल्याउँदै गरेको ३८ वटा गोरु नियन्त्रणमा

Author Image
बुधवार, फागुन ३०, २०८०

झापा – अवैध रुपमा ओसारपसार गर्दै गरेको अवस्थामा जिल्ला प्रहरी कार्यालय रुपन्देही मातहत खटिएको प्रहरी टोलीले ३८ वटा गोरु नियन्त्रणमा लिएको छ। मंगलबार सैनामैना नगरपालिका-१ स्थित रानीबगियाबाट १९ वटा र सोही नगरपालिकाको वडा नम्बर ५ बुद्धनगरबाट १९ गरी ३८ वटा गोरु नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख एवं प्रहरी उपरीक्षक रंजितसिँह राठौरले जानकारी दिए।

‘चेकजाँचको क्रममा विना कागजात अवैध रुपमा ओसारपसार गरेको भेटियो’,राठौरले भने,‘नियन्त्रणमा लिएर आवश्यक कारवाहीका लागि भन्सार कार्यालय बेलहिया पठाएका छौँ।’ नियन्त्रणमा लिइएका गोरुहरु देवदहको गौशालामा राखिएको छ। दुई वटा ट्रकमा पूर्वी नेपालतिर गोरु लैजाँदै गरेको अवस्थामा प्रहरीले चालकसहित नियन्त्रणमा लिएको हो।

सितगंगा नगरपालिका–५ अर्घाखाँचीका २८ वर्षीय मान बहादुर बेलबासे चलाएको ना ६ ख २३८४ नम्बरको ट्रक र गल्छी नगरपालिका–६ धादिङका २९ वर्षीय विनय लामाले चलाएको ना ६ ख २६४५ नम्बरको ट्रकसहित चालक प्रहरीको नियन्त्रणमा छन्।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 44

प्रतिक्रिया (०)

सम्बन्धित खबर