Aamsanchar

बिर्तामोडमा ‘महाजात्रा’को प्रिमियर शो हुने, ‘महाकमेडी विथ महाजात्रा’ सम्पन्न

Author Image
बिहिवार, चैत १, २०८०

झापा- बिर्तामोडमा चलचित्र ‘महाजात्रा’को प्रिमियर शो हुने भएको छ । चैत ९ गते प्रदर्शन हुने चलचित्रको प्रमोशनका लागि आगामी चैत ७ गते बिर्तामोडमा महाजात्राको प्रिमियर शो हुने भएको हो । झापाको बिर्तामोडमा पत्रकार भेटघाट आयाेजना गरि झापामा चलचित्रको प्रिमियर शो गर्न लागिएको चलचित्रका कार्यकारी निर्माता एवम् कलाकार रविन्द्र सिंह बानियाले बताए ।
कलाकार रवीन्द्र झाले सेटमा आफूहरुले हाँस्ने–रुने गरिसकेकाले चलचित्र हेरेर प्रक्रिया दिने पालो दर्शकको भएको बताए । कलाकार राजाराम पौडेलले सुटिङ ४६ दिनमा सकिएको बताए । उनले अधिकांश छायाँकन काठमाडौंमा भएको बताए । चलचित्र सुपरडुबर हुने विश्वास व्यक्त गरे । हचुवाको भरमा चलचित्र निर्माण नभई पूर्ण अध्ययन गरेर चलचित्र निर्माण गरिएको उनको भनाइ छ । दर्शमा चलचित्रका विषयमा उत्सुकता रहेको उनले बताए ।
अभिनेत्री वर्षा राउत आफ्नो अनुवभको आधारमा चलचित्र राम्रो भएको बताइन् । कलाकारहरुबीचको सहकार्यले चलचित्रलाई उत्कृष्ट बनाउने काम गरिएको बताइन् । उनले एक पटक चलचित्र हरेर राम्रो नराम्रो पक्षलाई औंल्याएर अर्को चलचित्रमा सुधार गर्ने मौका दिन उनले आग्रह गरिन् ।
निर्देशक प्रदीप भट्टराईले लेखन तथा निर्देशनमा ‘जात्रा’ र ‘जात्रै जात्रा’ को व्यावसायिक र समीक्षात्मक सफलतापछि तयार भएको तेस्रो शृङ्खला ‘महाजात्रा’ हो । ‘जात्रा’ शृङ्खलाकै कलाकारहरू विपिन कार्की, रवीन्द्रसिंह बानियाँ, रवीन्द्र झा, वर्षा राउत, अरविन खड्का, राजाराम पौडेलसँगै यसपटक अभिनेता हरिवंश आचार्य थपिएका छन् ।
यसपटक पैसा व्यवस्थापन गर्दा आइपर्ने समस्यानै फिल्मको कथा रहेको छ । तीन पात्रले पैसालाई लुकाउन खोज्दा विभिन्न परिस्थितिको सामना गर्छन् । जीवन समृद्ध तुल्याउने सपना र आपतकालीन रुपमा प्राप्त हुने अवसर व्यवस्थापन गर्दा आइपर्ने समस्यालाई रोचक रुपले प्रस्तुत गरिने फिल्ममा हाँसो र रोदनको मिश्रण छ । नेपालसँगै फिल्म आगामी चैत ९ गते नेपालसँगै विश्वभर एकसाथ प्रदर्शन हुने जनाइएको छ । पत्रकार सम्मेलनमा चलचित्र पत्रकार संघ प्रदेश सदस्य तुलसी निरौला, चलचित्र पत्रकार संघ सुनसरी अध्यक्ष बिनोद बिश्वकर्मा साथै झापाली संचारकर्मी हरुको उपस्थिती रहेको कार्यक्रमको संचालन चलचित्र पत्रकार संघ झापाको सहसचिव सुरज प्रधानले गरेका थिए ।


यसैबिचबिर्तामोडामा ‘महाकमेडी विथ महाजात्रा’ कार्यक्रम सम्पन्न भएको छ । प्रदर्शनको संघारमा रहेको चलचित्र ‘महाजात्रा’ र ‘कमेडी नाइट विथ च्याम्यिन’ मिलेर ‘महाकमेडी विथ महाजात्रा’ गरेको हो । ‘महाकमेडी विथ महाजात्रा’ पोखराबाट सुरु भएको थियो । फागुन २२ गते पाेखरा, २५ गते बुटबल र फागुन ३० गते बिर्तामोडमा सम्पन्न भएको हो । चैत १ गते इटहरी, ३ गते हेटौँडा र ४ गते नारायणगढमा ‘महाकमेडी विथ महाजात्रा’ टोली पुग्ने छ ।
फिल्मको प्रचारप्रसार र हास्यव्यंग्य कार्यक्रम प्रत्यक्ष हेर्न चाहने दर्शकसँग साक्षत्कार गर्न कार्यक्रम जारी रहेको ‘कमेडी नाइट विथ च्याम्यिन’ का निर्देशक विशाल भण्डारीले बताए ।
महाजात्राका कलाकारहरु हरिवंश आचार्यसँगै विपिन कार्की, रवीन्द्रसिंह बानियाँ, रवीन्द्र झा, वर्षा राउत, अरविन खड्का, राजाराम पौडेल लगायत पोखराको सभागृहमा हुने कार्यक्रममा सहभागी छन् ।
निर्माणको तयारीमा रहेको कार्यक्रम ‘कमेडी नाइट विथ च्याम्यिन’का अभिनेत्री दीपाश्री निरौला, कमेडियन सुमन कार्की, मेक्सम गौडेल, कैलाश कार्की, सजन श्रेष्ठ, सुमन कोइराला, प्रभात लामा, सन्तोष थापाको प्रस्तुती रहनेछ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 87

प्रतिक्रिया (०)

सम्बन्धित खबर