Aamsanchar

विवाह गर्दा वडाको सिफारिस अनिवार्य लिनुपर्ने

Author Image
बिहिवार, चैत १, २०८०

रौतहट – रौतहटको चन्द्रपुर नगरपालिकामा विवाह गर्दा वडाको सिफारिस अनिवार्य लिनुपर्ने भएको छ । चन्द्रपुर नगरपालिकाले सूचना निकालेर नगरक्षेत्रका नागरिकले कसैको विवाह गर्नुपर्दा सम्बन्धित वडाको सिफारिस अनिवार्य चाहिने जनाएको हो ।

विवाहका लागि सिफारिस लिन आउने व्यक्ति तथा सेवाग्राहीले अनिवार्य जन्म दर्तासहित वडामा निवेदन पेस गर्नुपर्ने सूचनामा उल्लेख छ । बालविवाह अन्त्य गर्न भन्दै नगरपालिकाले दशवटै वडामा विवाहका लागि सिफारिस अनिवार्य गरेको हो ।

कम उमेरमा विवाह हुँदा प्रजनन स्वास्थ्यमा समस्या देखिने र आमा तथा बच्चाकै ज्यान जोखिममा पर्न थालेपछि विवाहको लागि सिफारिस अनिवार्य गरेको नगरपालिकाले जनाएको छ । विवाह गर्न २० वर्ष उमेर पुगेको हुनुपर्ने कानुनी व्यवस्था छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 40

प्रतिक्रिया (०)

सम्बन्धित खबर