Aamsanchar

धनकुटामा आगलागी हुँदा ३ घर जलेर नष्ट

Author Image
बिहिवार, चैत १, २०८०

धनकुटा – धनकुटामा आगलागी हुँदा ३ घर जलेर नष्ट भएको छ। धनकुटा-१० उत्तरपानीमा बिहीबार बिहान १०:३० बजेदेखि भएको आगलागीबाट ३ घर जलेर नष्ट भएको हो।

अहिले आगो नियन्त्रणमा आएको ईलाका प्रहरी कार्यालय पाख्रिवासका ईन्चार्ज नारायण भट्टराईले जानकारी दिए। आगलागीबाट मानवीय क्षति भने भएको छैन। कमला नेपाल मोक्तानको घरबाट बिहान १०:३० बजे आगो सल्किएको थियो।

आगलागीले मेहरमान मोक्तानको २ घरमा क्षति पुगेको छ। साथै उनको किराना पसलमा आगलागीबाट ३० लाख क्षति पुगेको थियो। चुल्होमा बालेको दाउराबाट आगलागी सुरु भएको हुन सक्ने जनाइएको छ।

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 53

प्रतिक्रिया (०)

सम्बन्धित खबर