धरान । धरानबाट घोरेटार आउँदै गरेको बोलेरो दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ । धरानबाट भोजपुर जादै गरेको बोलेरो उदयपुरको मैनामैनीमा दुर्घटना भएको हो ।
बोलेरोमा १४ जना सवार थिए । दुर्घटनामा ६ जनाको मृत्यु भएको खवर आए लगलगत्तै स्थानीयहरुसँग समन्वय गरी प्रहरीले उद्धार गरिरहेको जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रहरी नायब उपरीक्षक सुदीपराज पाठकले बताए ।
मृत्यु हुनेको पहिचान भने खुल्न सकेको छैन । घटनास्थलमा उद्धारको कार्य भइरहेको र एम्बुलेन्स पनि पुगिसकेको पाठकले बताए । स्थानीयका अनुसार गाडी सडकबाट करिब ८०० मिटर तल भीरमा खसेको छ ।
यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
+1
+1
+1
+1
+1
+1
Views: 76