Aamsanchar

औषधीसहित ट्रक नियन्त्रणमा

Author Image
बिहिवार, चैत १, २०८०

पर्सा-सशस्त्र प्रहरीले वीरगन्ज महानगरपालिबाट ५८ लाख ५७ हजार रुपियाँ बराबरको औषधीसहित ट्रक नियन्त्रणमा लिएको छ ।

सह प्रवक्ता डिएसपी शैलेन्द्र थापाले वीरगन्ज महानगर –१७ स्थित आईसिपीको चेकप्वाईन्टबाट फागुन ३० गते साँझ सशस्त्र प्रहरीले करिब ५८ लाख ५७ हजार रुपियाँ बराबरको औषधीसहित एउटा ट्रक नियन्त्रणमा लिएको जानकारी दिनुभयो ।

वीरगञ्जबाट काठमाडौँतर्फ जाँदै गरेको ना ३ ख ६५६४ नम्बरको ट्रकमा राखेर लैजाँदै गरेको औषधीको बिलमा उल्लेख भएभन्दा फरक अन्य सामान समेत रहेको भन्ने विशेष सूचनाका आधारमा प्रस्तावित सीमा सुरक्षा गुल्म अलौले नियन्त्रणमा लिएको हो । औषधी र सामान कहाँका लागि लगिएको भन्ने खुलेको छैन ।

नियन्त्रणमा लिइएको औषधी तथा ट्रक आवश्यक कारबाहीका लागि राजश्व अनुसन्धान कार्यालय पथलैया बारामा बुझाइएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 87

प्रतिक्रिया (०)