Aamsanchar

के हुनसक्छ पिसाबमा रगत आउँने कारण ?

Author Image
बिहिवार, चैत १, २०८०

कहिलेकाहीं पिसाबमा रगत देखिन्छ । जसलाई मेडिकल भाषामा हेमाच्युरिया भनिन्छ । यो दुई प्रकारको हुन्छ, ग्रस हेमाच्युरिया अर्थात् आँखाले देखिने र म्याइक्रोस्कोपिक हेमाच्युरिया अर्थात् आँखाले नदेखिने ।

ग्रस हेमाच्युरियामा बिरामी आफैंले पिसाबमा रगत देख्छ । म्याइक्रोस्कोपिक हेमाच्युरियामा नाङ्गो आँखाले पिसाबमा रगत देख्न सकिंदैन, तर पिसाब जाँच गर्दा रगतको कणिका भेट्टिन्छ ।

किन यस्तो हुन्छ ?

पिसाबमा विभिन्न कारणले रगत आउन सक्छ । जसमध्ये मुख्य कारण अत्यधिक परिश्रमयुक्त काम गरेमा (मांशपेशीहरु खर्चिने गरी काम गर्दा), पिसाबमा संक्रमण भएमा, मिर्गौला वा मूत्रनलीमा पत्थरी भएमा, मूत्रथैलीमा मासु पलाएमा पिसाबमा रगत देखिन सक्छ ।

कसरी थाहा पाउने ?

अत्यधिक परिश्रमयुक्त काम गर्ने, जिम गर्ने, गाह्रो कामहरु गर्नेहरुमा पनि पिसाबमा रगत देखिन्छ । गाह्रो काम नगर्दा पिसाबमा रगत नदेखिने हुन्छ । ज्वरो आउने, पिसाब पोल्ने भएमा पिसाबको संक्रमणको कारणले रगत आएको हुनसक्छ ।

कम्मर दुख्ने, तल्लो पेट दुख्ने भएमा मिर्गौला वा मूत्रनलीमा पत्थरी भएर पिसाबमा रगत बगेको बुझ्न सकिन्छ । त्यस्तै पिसाब थैली र पिसाब नलीमा स्टोन भएमा पनि रगत बग्न सक्छ ।

दुखाइबिना पिसाबमा रगत

कतिपय अवस्थामा दुखाइ नभईकन पनि पिसाबमा रगत देखिन्छ । यसलाई चिकित्सकीय भाषामा पेनलेस हेमाच्युरिया भनिन्छ । पिसाब थैलीमा मासु पलाएमा, पिसाब नली वा मिर्गौलामा मासु पलाएमा र मिर्गौलाको क्यान्सर भएमा पिसाबमा रगत देखिन सक्छ । कम्मर दुख्ने भएमा, तल्लो पेट छाम्दा मासुको डल्लो भेटिएमा मिर्गौलामा मासु पलाएको हुनसक्छ । यसमा पूरै पिसाबसँगै रगत मिसिएर आएको हुन्छ ।
पुरुषको हकमा

पुरुषको हकमा प्रोस्टेटको समस्या भएमा पनि पिसाबबाट रगन बग्ने गर्छ । प्रोस्टेट ग्रन्थी पुरुषमा मात्रै पाइने एक प्रकारको ग्रन्थी हो । यो पुरुष ग्रन्थी वृद्धि हुँदा प्रोस्टेटको समस्या देखापर्ने गर्छ । प्रोस्टेट धेरै ठूलो भएमा, प्रोस्टेटको संक्रमण भएमा, प्रोस्टेटको क्यान्सर भएमा पनि पिसाबमा रगत आउन सक्छ । यसमा सुरुमा सफा पिसाब आइसकेपछि अन्तिममा रगत देखापर्छ । पिसाब थैलीमा कुनै समस्या हुँदा पनि अन्तिममा रगत आउँछ ।

के–के जाँच गर्नुपर्छ ?

नियमित परीक्षण

सुरुमा नियमित परीक्षणको क्रममा पिसाबमा रातो रक्तकोषिका देखिएको छ कि छैन रु छ भने कति छ रु पिसाबमा ढुंगा देखिएको छ कि छैन भनेर जाँच गरिन्छ । त्यसपछि पिसाबमा ब्याक्टेरिया छ कि छैन थाहा पाउन कल्चर गर्नुपर्छ ।

भिडियो एक्सरे

मूत्रनलीमा ढुंगा छ कि छैन रु पिसाब थैली र मिर्गौलामा मासु पलाएको छ कि छैन रु प्रोस्टेट ग्रन्थी ठूलो भएको छ कि छैन रु प्रोस्टेटले पिसाब थैलीलाई कुनै हानि पुर्‍याएको छ कि छैन भनेर थाहा पाउन भिडियो एक्सरे गरिन्छ । साधारणतया कहाँबाट रगत आइरहेको भन्ने कुरा भिडियो एक्सरेबाट पत्ता लाग्छ ।

यसबाहेक बिरामीको आवश्यकता अनुसार सिटी स्क्यान, सिस्टोस्कोपी(मूत्रनलीदेखि किड्नीसम्म दूरबीन हालेर रोग पत्ता लगाउने प्रविधि) गर्नुपर्ने हुन्छ ।

उपचार

पिसाबमा रगत देखिने समस्याको उपचार नन(सर्जिकल र सर्जिकल दुवै विधिबाट गर्न सकिन्छ । पिसाबमा संक्रमण मात्र छ भने औषधिले निको हुन्छ । तर पत्थरी छ, मासु पलाएको छ भने शल्यक्रिया गर्नुपर्ने हुन्छ । कस्तो अवस्थामा छ रु पत्थरको आकार कत्रो छ रु कुन ठाउँमा छ रु त्यहीअनुसार उपचार गरिन्छ ।

पिसाबमा रगत देखिनु कुनै ठूलो रोगको संकेत हो ?

पिसाबमा रगत देखिंदैमा ठूलो रोग हुन्छ भन्ने हुँदैन । जस्तै कहिलेकाहीं महिलामा महिनावारी भएको बेला र पाठेघरबाट रगत बगिरहेको अवस्थामा पनि पिसाबमा रगत आएको हुनसक्छ । त्यसैले आत्तिनुपर्दैन । तर पिसाबमा रगतसँगै रगतको स(साना चोक्टा जाने र अन्य रोगको समस्या छ भने चिकित्सकलाई जाँच गराइहाल्नुपर्छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 47

प्रतिक्रिया (०)