Aamsanchar

रहेनन् इलाम क्याम्पसका संस्थापक प्रमुख शर्मा

Author Image
बिहिवार, चैत १, २०८०

झापा – शिक्षा सेवी एवं इलामको महेन्द्ररत्न बहुमुखी क्याम्पसका संस्थापक प्रिन्सिपल (प्रमुख) डा. खगेन्द्रनाथ शर्माको निधन भएको छ । आज बिहान ३ बजेतिर काठमाडौँमा उनको ९० वर्षको उमेरमा निधन भएको इलाम समाज काठमाडौँका राधेश्याम लेकालीले जानकारी दिए ।
इलामको सूर्योदय नगरपालिका–११, माघेका खगेन्द्रनाथ २०१७ सालमा २६ वर्षको उमेरमा महेन्द्ररत्न बहुमुखी क्याम्पसको संस्थापक प्रिन्सिपल बनेका थिए । स्थापनाका बेला उनले क्याम्पसलाई आफ्नो ४७ रोपनी जग्गा दान गरेका थिए ।

भारतको सागर विश्वविद्यालयबाट स्नातकोत्तर गरेका उनले भारतबाटै विद्यावारिधि गरेका थिए । शर्माका परिवारमा दुई छोरा र एक छोरी छन् । पत्नीको यसअघि नै निधन भइसकेको छ । उनको आजै काठमाडौँको पशुपति आर्यघाटमा दाहसंस्कार गरिने परिवारले जनाएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 62

प्रतिक्रिया (०)

सम्बन्धित खबर