Aamsanchar

बिर्तामोडमा आज देखि मानसिक रोग स्वास्थ्य सम्बन्धी निःशुल्क शिविर सुरु

Author Image
बिहिवार, चैत १, २०८०

बिर्तामोड । झापाको बिर्तामोडमा सञ्चालित आरआर पोलिक्लिनिकले मानसिक रोगीका लागि निःशुल्क स्वास्थ्य शिविर गर्ने भएको छ । पोलिक्लिनिकले पत्रकार भेटघाट कार्यक्रम आयोजना गरेर शिविर आयोजना गर्ने जानकारी दिएको हो ।

पछिल्लो समय मानसिक रोगीको संख्या बढ्दै गएकाले आरआर पोलिक्लिनिकले निःशुल्क स्वास्थ्य शिविरको आयोजना गर्ने भएको पोलिक्लिनिक सञ्चालक महेन्द्रबहादुर राईले जानकारी दिए । उनका अनुसार झापासहित इलाम, पाँचथर र ताप्लेजुङका मानसिक बिरामीलाई लक्षित गरेर निःशुल्क स्वास्थ्य शिविर आयोजना गर्ने तयारी गरिएको हो । शिविरमा वरिष्ठ मानसिक तथा नशा रोग विशेषज्ञ डक्टर बबिता शर्माले बिरामीको परिक्षण तथा परामर्श गर्ने सञ्चालक राईले बताए ।

भारतको एम्स अस्पतालमा चार वर्ष सेवा गरेर झापा फर्किएकी डा. शर्माले चैत १ गतेदेखि ७ गतेसम्म सञ्चालन हुने निःशुल्क स्वास्थ्य शिविरमा बिरामीको परिक्षण गर्नेछिन् । शिविरमा दैनिक २० जना मात्र बिरामीलाई परामर्श दिइने आरआर पोलिक्लिनिक व्यवस्थापन पक्षले जनाएको छ । शिविरमा बिरामीको निःशुल्क जाँच गरिनेछ ।

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
8
+1
1
+1
0
+1
0
+1
1
+1
0
+1
0
Views: 22

प्रतिक्रिया (०)

सम्बन्धित खबर