Aamsanchar

झापाका एकसहित रुसी सेनामा कार्यरत थप ७ जना नेपालीको ज्यान गयो

Author Image
बिहिवार, चैत १, २०८०

काठमाण्डौ – रुसी सेनामा कार्यरत थप सात जना नेपाली नागरिकको ज्यान गएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

ज्यान गुमाउनेमा धादिङका पूर्णबहादुर गुरुङ, जाजरकोटका नवीन शाही, उदयपुरका पदमबहादुर घिमिरे, झापाका गङ्गाराम अधिकारी, बाग्लुङका जितबहादुर विक, बाँकेका सञ्जय केसी र रसुवाका सुन्दर मोक्तान रहेको पुष्टि भएको मन्त्रालयले आज जानकारी दिएको हो ।

साथै मन्त्रालयले परम्परागत सम्झौताअन्तर्गत केही देशका राष्ट्रिय सेनामा बाहेक अरू विदेशी सेनामा भर्ना हुन अनुमति दिने सरकारको नीति नरहेको पनि स्पष्ट पारेको छ । रुसी सेनामा भर्ना भएका नेपालीलाई स्वदेश फिर्ता गराउन सरकारले उच्च प्रयास तथा कुटनीतिक प्रयासलाई जारी नै राखेको जनाएको छ ।

योसँगै रुसी सेनामा कार्यरत ज्यान गुमाउने नेपालीको सङ्ख्या १९ जना पुगेको मन्त्रालयका प्रवक्ता अमृतबहादुर राईले जानकारी दिनुभयो ।

रुसी सेनामा ज्यान गुमाएका नेपालीका परिवारलाई रुसी सरकारबाट क्षतिपूर्ति तथा घाइतेको उपचार र कार्यरत नेपालीलाई फिर्ता पठाउन निरन्तर अनुरोध गर्दै आएको मन्त्रालयको भनाइ छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
1
+1
0
+1
0
Views: 97

प्रतिक्रिया (०)

सम्बन्धित खबर