Aamsanchar

मनी ट्रान्सफरका सञ्चालकमाथि गोली प्रहार गरि लुटपाट गर्ने तीनजना पक्राउ

Author Image
शुक्रवार, चैत २, २०८०

गौर – रौहतटमा मनी ट्रान्सफरमा लुटपाट भएको छ। रौतहटको परोहा नगरपालिका–९ खापचोकस्थित शिवम मनी ट्रान्सफरमा लुटपाट भएको हो।

शुक्रबार दिउँसो मोटरसाइकलमा हतियारसहित आएका तीनजना लुटेराले मनी ट्रान्सफर सञ्चालकलाई धम्क्याउँदै लुटपाट गरेका हुन्। त्यस क्रममा लुटेराहरूले मनी ट्रान्सफरका सञ्चालक २६ वर्षीय नीतेश साहलाई गोली प्रहार गरेका छन्। गोली साहको कान छेडेर बाहिर निस्केको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता तथा डीएसपी एलिजा गिरिले घटनाको पुष्टि गर्दै घाइतेलाई उपचारका लागि वीरगन्ज पठाइएको बताइन्। लुटपाटमा संलग्नलाई तीनजना पक्राउ परेको प्रवक्ता तथा डीएसपी गिरिले बताइन्।

रकम लुटपाट गरेर भागेका उनीहरूलाई प्रहरीले एक थान पेस्तोल सहित घटनाको केही बेरमै नियन्त्रणमा लिएको हो। प्रहरीले घटनामा प्रयोग भएको मोटरसाइकल पनि बरामद गरेको छ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 27

प्रतिक्रिया (०)

सम्बन्धित खबर