Aamsanchar

सरकारद्वारा झापाका दुई खानेपानी आयोजनाका लागि ३१ करोड ८६ लाख रुपैयाँ बजेट विनियोजन

Author Image
शुक्रवार, चैत २, २०८०


झापा – सरकारले मेचीनगर नगरपालिकाको काँकडभिट्टा खानेपानी आयोजना र बुद्धशान्ति गाउँपालिकाको टिमाइ शान्तिनगर एकीकृत खानेपानी आयोजनाका लागि ३१ करोड ८६ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ ।

झापा क्षेत्र नम्बर १ को सबैभन्दा बढी जनसङ्ख्या भएको दुई वटा वडा मेचीनगर–६ काँकडभिट्टा र बुद्धशान्ति–४ शान्तिनगरमा खानेपानी सुविधा बढाउन बहुवर्षीय ठेक्का प्रक्रियाबाट काम सम्पन्न गर्नेगरी अर्थ मन्त्रालयबाट स्रोत सुनिश्चित भएको यस क्षेत्रका सङ्घीय सांसद विश्वप्रकाश शर्माले बताउनुभयो । सांसद शर्माका अनुसार टिमाइ शान्तिनगर एकीकृत खानेपानी आयोजनाका लागि १७ करोड ८९ लाख र काँकडभिट्टा खानेपानी आयोजनाका लागि १३ करोड ९७ लाख रुपैयाँ बजेट सुनिश्चित भएको हो ।

चालु आर्थिक वर्ष २०८०/८१ को चैत मसान्तसम्ममा ठेक्का प्रक्रिया शुरु भएर तीन वर्षभित्र योजना सम्पन्न हुने शर्माले जानकारी दिनुभयो । जनघनत्व बढिरहेको दुवै क्षेत्रमा खानेपानी सुविधा विस्तारको खाँचो पूरा गर्न यी परियोजनाको निर्माण महत्त्वपूर्ण रहेको उहाँको भनाइ छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 81

प्रतिक्रिया (०)

सम्बन्धित खबर