Aamsanchar

संखुवासभामा दुई वटा मोटरसाइकल ठाेक्किँदा एक जनाको मृ*त्युु, एक गम्भीर घाइते

Author Image
शनिवार, चैत ३, २०८०

संखुवासभा – संखुवासभाको पाँचखपन नगरपालिका–९ याङ्सिजुङमा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु हुनुका साथै एकजना गम्भीर घाइते भएका छन्।

आपसमा मोटरसाइकल ठोक्किदा पाँचखपन–९ का ६५ वर्षीय पदमबहादुर विश्वकर्माको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी निरीक्षक रामकुमार लामिछानेले बताए। आज दिउँसो १२ बजे पाँचखपनको भित्रि सडकखण्डअन्तर्गत याङ्सिजुङबाट वानातर्फ आउँदै गरेको बा. ४० प १७९ नम्बरको मोटरसाइकलले विपरीत दिशाबाट जाँदै गरेको को। ३७ प १८४२ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा विश्वकर्माको घटनास्थलमै मृत्यु भएको प्रहरी निरीक्षक लामिछानेले बताए।

त्यसैगरी दुर्घटनामा परेर पाँचखपनका २७ वर्षीय कमानसिं विश्वकर्मा गम्भीर घाइते भएको प्रहरी निरिक्षक लामिछानेले बताए। घाइते कमानसिंको स्थानीय प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

प्रहरीले ठक्कर दिने मोटरसाइकल चालक धनकुटा नगरपालिका–१० का २३ वर्षीय पदम भण्डारीलाई नियन्त्रणमा लिएको छ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 39

प्रतिक्रिया (०)

सम्बन्धित खबर