Aamsanchar

भाेजपुरमा आगलागी, एकै परिवारका तीन जना बालबालिकाको मृ*त्युु

Author Image
आइतवार, चैत ४, २०८०

भाेजपुर – भोजपुरको हतुवागडी गाउँपालिका–७ मा भएको आगलागीमा एकै परिवारका तीन जना बालबालिकाको ज्यान गएको छ ।

आगलागीमा परेर पाँच वर्षका प्रनिष कार्की, ७ वर्षकी दीपशिखा कार्की र ३ वर्षका बालक दियुनिष कार्कीको ज्यान गएको जिल्ला प्रहरी कार्यालय भोजपुरका सूचना अधिकारी दलकुमार राईले जानकारी दिनुभयो ।

प्रहरीका अनुसार पाँच वर्षीय बालक प्रनिष कार्की, केदार कार्कीका छोरा हुन् भने अरु दुई जना केदारका भाइ रमेश कार्कीका छोराछोरी हुन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 47

प्रतिक्रिया (०)