Aamsanchar

कोशी चिउरा मिलमा आगलागी, १ करोड ७१ लाख बराबरको क्षति

Author Image
आइतवार, चैत ४, २०८०

विराटनगर – मोरङको पथरीशनिश्चरेमा रहेको मिलमा आगलागी हुँदा ठूलो क्षति भएको छ । आगलागीमा १ करोड ७१ लाख बराबरको क्षति भएको प्रारम्भिक अनुमान छ ।

पथरीशनिश्चरे नगरपालिका–१ स्थित कर्णकुमारी लिम्बूको कोशी चिउरा मिलमा शनिबार राति आगलागी भएको प्रहरीले जनाएको छ । मोरङ प्रहरीका प्रवक्ता डीएसपी रन्जनकुमार दाहालका अनुसार काठ र इँटा प्रयोग गरेर बनाइएको कर्कट पाताको छानो भएको मिलमा आगलागी भएको हो ।

नेपाल र सशस्त्र प्रहरी, दमकल तथा स्थानीयको सहयोगमा आइतबार बिहानका राति २स्२५ बजेतिर आगो नियन्त्रणमा आएको दाहालले बताए । उनका अनुसार आगोले मिलसहित मिलभित्र रहेको ९० मन धान, २ सय मन गहुँ, ५० मन मकै, २० मन खुदी, २० मन चिउरा, २ सय मन भुस जलेर ध्वस्त भएको छ ।

 

आगोले मिल छेउमा रहेको बंगुरको खोरसमेत जलेको छ । खोरभित्र रहेका ४ वटा बंगुर जलेर मरेको डीएसपी दाहालले बताए ।
उनका अनुसार आगलागीमा मानवीय क्षति भने भएन । आगलागीको कारण खुल्न बाँकी रहेको जानकारी उनले दिए । इलाका प्रहरी कार्यालय पथरीले घटनाको अनुसन्धान सुरु गरेको छ ।

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 43

प्रतिक्रिया (०)

सम्बन्धित खबर