Aamsanchar

पथरीशनिश्चरेमा मोटरसाइकलको ठक्करबाट साइकल यात्रीको मृ*त्यु

Author Image
आइतवार, चैत ४, २०८०

विराटनगर – मोरङको पथरीशनिश्चरेमा मोटरसाइकलको ठक्करबाट शनिबार साँझ एक जना साइकल यात्रीको मृत्यु भएको छ । कानेपोखरीबाट पथरीतर्फ जाँदै गरेको प्रदेश १–०२–०५२ प २२१७ नम्बरको मोटरसाइकलले पथरीशनिश्चरे नगरपालिका–१ स्थित पश्चिम बस स्टेण्डमा साँझ ६:२० बजेतिर साइकल यात्रीलाई ठक्कर दिएको हो ।

ठक्करबाट साइकल यात्री पथरीशनिश्चरे–१० का ५० वर्षीय प्रेमबहादुर चौहानको मृत्यु भएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी रन्जनकुमार दाहालले जानकारी दिए । उनका अनुसार दुर्घटनामा परेर गम्भीर घाइते भएका चौहानलाई उपचारका लागि विराटनगरको नोबेल शिक्षण अस्पतालमा भर्ना गर्नसाथ चिकित्सकले मृत घोषित गरेका हुन् ।

दुर्घटनामा मोटरसाइकल चालक पथरीशनिश्चरे–१ का ५१ वर्षीय किरण घिमिरेसमेत सामान्य घाइते भएका छन् । पथरी अस्पतालमा उपचारपश्चात उनलाई प्रहरीले नियन्त्रणमा लिएर घटनाको अनुसन्धान सुरु गरेको छ । मोटरसाइकल चालकको लापरबाहीका कारण दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । चालकको साथमा सवारी चालक अनुमति पत्र (लाइसेन्स)नभएको पाइएको छ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 48

प्रतिक्रिया (०)

सम्बन्धित खबर