Aamsanchar

मर्निङवक गर्ने क्रममा बाघकाे आक्रमणबाट ७१ वर्षीय वृद्धको मृत्यु

Author Image
आइतवार, चैत ४, २०८०

काठमाडौं – बाघको आक्रमणबाट बाँकेमा एक जना वृद्धको मृत्यु भएको छ।पूर्वपश्चिम राजमार्ग अन्तर्गत बाँकेको ढकेरीबाट तीन किलोमिटर पश्चिमतर्फको जंगलमा सल्यानको दार्मा गाउँपालिका–१ का ७१ वर्षीय नगेन्द्रप्रसाद शर्माको शव भेटिएको ढकेरीका प्रहरी बिट इन्चार्ज प्रहरी सहायक निरीक्षक जंगबहादुर एमसीले जानकारी दिए।

आज बिहान साढे ५ बजे मर्निङवक गर्दै कोहलपुर जाने क्रममा शर्मालाई बाघले आक्रमण गरेको प्रहरीले जनाएको छ।

मृतक शर्मा ढकेरी नजिकै उडैन गाउँमा आफन्तको घरमा बस्दै आएका थिए।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 45

प्रतिक्रिया (०)

सम्बन्धित खबर