![](https://aamsanchar.com/wp-content/uploads/2024/07/449688976_355050200945424_3932588755901431295_n.jpg)
![](https://aamsanchar.com/wp-content/uploads/2024/01/Eecohm__New__aa-1.gif)
![](https://aamsanchar.com/wp-content/uploads/2023/11/chapti.jpg)
![](https://aamsanchar.com/wp-content/uploads/2024/03/InShot_20240317_124801056.jpg)
![](https://aamsanchar.com/wp-content/uploads/2024/07/WhatsApp-Image-2024-07-03-at-18.58.00_078f4d25.jpg)
ढल्केबर- धनुषाको मिथिला नगरपालिकाको कार्यालय अगाडि क्रसर उद्योगका मजदुर, ट्याक्टर धनी र ट्याक्टरमा काम गर्ने मजदुरहरुले प्रदर्शन गरेका छन् ।
नगरपालिकाले क्रसर उद्योग र नदीजन्य पदार्थको उत्खनन बन्द गराएपछि आफूहरु बेरोजगार बनेकाले काम गर्ने वातावरण बनाइदिन माग गर्दै कार्यालय अगाडि ट्याक्टर जम्मा गरेर आइतबार उनीहरु प्रदर्शनमा उत्रेका हुन् ।
![](https://aamsanchar.com/wp-content/uploads/2024/07/WhatsApp-Image-2024-07-03-at-15.31.01_499596d9.jpg)
![](https://aamsanchar.com/wp-content/uploads/2023/03/arjundhara.jpg)
विरोध प्रदर्शनको नेतृत्व गरिरहेका हरिदेव महतोले नगरपालिकाले क्रसर उद्योग र नदीनालाबाट बालुवा, गिट्टी निकाल्न बन्द गराएपछि त्यसमा आश्रित मजदुर र बैङ्कलाई ट्याक्टरको किस्ता बुझाउन नसकेर ट्याक्टर धनी मारमा परेको बताउनुभयो ।
उहाँले पाँच सयभन्दा बढी मजदुर र सयौं ट्याक्टर काम नपाएर थन्किएको जानकारी दिनुभयो ।
नगपालिका अन्तर्गत रहेको नदीनाला ठेक्का नलगाउनु नगरपालिकाको गल्ती भएको भन्दै यथाशीघ्र नदीनाला ठेक्कामा लगाउन र क्रसर उद्योग सञ्चालनका लागि सहज वातावरण निर्माण गरिदिन आफूहरुको माग उहाँको भनाइ छ ।
हरिदेव यसअघि नगरपालिकाका नगरप्रमुख महेन्द्र महतोलाई दुई पटक ज्ञापनपत्र बुझाएको बताउँदै कुनै निकास नदिएसम्म यहाँबाट नफर्कने बताउनुभयो ।
मिथिला नगरपालिकाका नगरप्रमुख महेन्द्र महतोले आन्तरिक समस्याका कारण यस वर्ष खोला ठेक्कामा लाग्न नसकेको बताउँदै कार्यपालिका समितिको निर्णयअनुसार स्थानीय तहमा दर्ता नभएको, नवीकरण नगरेको र राजस्वसमेत नबुझाएका क्रसर उद्योगहरु बन्द गराएको बताउनुभयो ।
उहाँले केही तत्वको उक्साहटमा ट्याक्टर धनी र मजदुर विरोधमा उत्रेको जानकारी दिनुभयो ।