Aamsanchar

पाँचथरमा आगलागी : १५ वटा घर जलेर नष्ट, आगो नियन्त्रणमा समस्या

Author Image
आइतवार, चैत ४, २०८०

पाँचथर – पाँचथरको फेदाप गाउँपालिका–१ को टारी र बाजाघर गाउँमा आगलागी भएको छ । आगलागीबाट कम्तीमा १५ वटा घर जलेर नष्ट भएको फेदाम गाउँपालिकाका अध्यक्ष केशवप्रसाद भेटवालले जानकारी दिनुभयो । आगलागीबाट केही पशुचौपाया मरेका उहाँले बताउनुभयो ।

आगलागी भएको ठाउँमा तीव्र गतिमा हावा चल्दा आगो निभाउन गाह्रो भएको अध्यक्ष भेटवालले बताउनुभयो । आगलागी भएको ठाउँ सुक्खा क्षेत्र र जङ्गल नजिक छ । अहिले प्रहरी, सशस्त्र प्रहरीसहित स्थानीयवासीले आगो निभाउने प्रयास गरिरहेका भेटवालले जानकारी दिनुभयो ।

टारी र बाजाघर गाउँमा गरी झण्डै एक सय वटा घर छन् । गाउँमा धेरैजसो खरका घर भएका कारण आज दिउँसोदेखि लागेको आगो निभाउन गाह्रो भइरहेको अध्यक्ष भेटवालले बताउनुभयो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 79

प्रतिक्रिया (०)

सम्बन्धित खबर